वेबटिभी खबर
काठमाडौं । आश्विन संक्रान्तिका दिन मंगलबार विश्वकर्मा पूजा गरिएपछि बुधबार काठमाडौंको चोभारमा भगवान् विश्वकर्माको मूर्ति विसर्जन गरिएको छ । कलकारखानामा माटोबाट बनाइएका विश्वकर्मा बाबाका मूर्तिलाई पूजा सम्पन्न गरेपछि बाजागाजासहित चोभार लगेर विसर्जन गरिएको हो ।
केहीले भने काठमाडौंका बागमतीलगायत विभिन्न नदीमा विश्वकर्माको मूर्ति विसर्जन गरेका छन् । विश्वकर्मा पूजाका अवसरमा कलकारखाना तथा घरमा रहेका फलामे औजार, मेसिनरी तथा अन्य सामग्रीको पूजा गर्ने चलन छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij