Logo

२०८३, आश्विन ३ गते शनिवार

२०८३, आश्विन ३ गते शनिवार

संविधान कार्यान्वयन र संरक्षणमा सहकार्य आवश्यक : सभामुख अर्याल

संविधान कार्यान्वयन र संरक्षणमा सहकार्य आवश्यक : सभामुख अर्याल

  • 59
    SHARES
  • संविधान कार्यान्वयन र संरक्षणमा सहकार्य आवश्यक : सभामुख अर्याल

    काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संविधानको प्रभावकारी कार्यान्वयन र संरक्षणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देशमा जारी गर्दै उनले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट २०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको ऐतिहासिक दिन रहेको बताए ।

    सभामुख अर्यालले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतालाई सम्मान गर्दै राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र समृद्धिका लागि एकताबद्ध हुन संविधान दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरे । उनले संविधानको सफल कार्यान्वयन र संरक्षणमा संघीय संसद्को भूमिका महत्वपूर्ण रहँदै आएको बताए । उनले समयसापेक्ष कानून निर्माण तथा परिमार्जन, जनसरोकारका विषय उठान र लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणका लागि संघीय संसद् प्रतिबद्ध रहेको उल्लेख गरे ।

    संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका आन्दोलन तथा पछिल्लो समय भएको जेनजी प्रदर्शनका क्रममा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जलीसमेत अर्पण समेत गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij