Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

राष्ट्रियसभामा अर्थमन्त्रीको दाबी-श्वेतपत्रमा यथार्थपरक विषय छन्

राष्ट्रियसभामा अर्थमन्त्रीको दाबी-श्वेतपत्रमा यथार्थपरक विषय छन्

  • 560
    SHARES
  • राष्ट्रियसभामा अर्थमन्त्रीको दाबी-श्वेतपत्रमा यथार्थपरक विषय छन्

    काठमाडौं । बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र प्रस्तुत गरेका छन् । उनले आफूले कोही कसैसँगको आग्रहरपुर्वाग्रह राखेर श्वेतपत्र नल्याएको भन्दै यथार्थपरक तथ्यांक प्रस्तुत गरेको दाबी गरे । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले अघिल्लो सरकारले गरेको कामका विषयमा श्वेतपत्रमा उल्लेख नै नगरिएको बताएका छन् ।

    images

     ‘मन्त्रीज्यूभित्र रहेको पूर्वाग्रहले यस्तो गर्न दिएन कि जस्तो लाग्छ’, उनले भने । अर्थमन्त्रीले झुटको पुलिन्दा निर्माण गरेको भन्दै उनले ‘ यो सरकार वैदेशिक ऋणको साहयता बिनै अगाडी बढ्न खोजेको हो र ?’, भनी प्रश्न गरेका थिए ।

    अर्का सांसद सदस्य रामनारायण बिडारीले विगतको सरकारले कृषि क्षेत्रमा लगानीका लागि ऐनसमेत निर्माण गरेको भन्दै कृषिमा वैदेशिक लगानी भित्र्याउने नभई स्वदेशभित्रकै सीप र पुँजीबाट आत्मनिर्भर बनाउनुपर्ने तर्क गरे । 

    सदनमा उठेका प्रश्नमाथि जवाफ दिँदै अर्थमन्त्री शर्माले श्वेतपत्रमा आफूले देशको वर्तमान आर्थिक अवस्था उल्लेख गरेको बताएका छन् । त्यसमा कुनै आग्रह पुर्वाग्रह नराखी अर्थतन्त्रको यथार्थपरक विषय समेटिएको उनको भनाइ छ ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology