Logo

२०८३, आश्विन २५ गते आइतवार

२०८३, आश्विन २५ गते आइतवार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

  • 63
    SHARES
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    काठमाडौं । सरकारले सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिव पदमा पदस्थापन गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै सञ्चारमन्त्री डा।विक्रम तिमिल्सिनाले नेउपानेलाई वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

    नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज २३ गतेको बैठकका मुख्य निर्णयहरू

    १.विश्व बैंकसँग ल्भउब िभ्बचतजत्रगबपभ ऋबतबकतचयउजभ द्ययलम सम्बन्धी स्बलमबतभ ब्नचभझभलत मा हस्ताक्षर गर्न स्वीकृति दिने।
    २.बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने ।
    ३.जापानको आईची-नागोयामा भएको २० औं एशियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कवड्डी र कराँते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने ।
    ४.नेपाल न्याय सेवा, सरकारी वकील समूहका सहन्यायाधिवक्ता श्री अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिव पदमा पदस्थापन गर्ने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij