Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

चेल्सी फर्किए लुकाकु

चेल्सी फर्किए लुकाकु

  • श्रावण २९, २०७८ शुक्रवार ०९:०७ बजे
  • 453
    SHARES
  • चेल्सी फर्किए लुकाकु

    एजेन्सी – इंग्लिस क्बलले आफ्ना पूर्व स्ट्राइकर रोमेलु लुकाकुलाई अनुबन्ध गरेको छ। बेल्जियन स्ट्राइकर लुकाकु कीर्तिमानी मुल्यमा  चेल्सीमा अनुबन्धित भएका हुन्। इटालियन च्याम्पियन इन्टर मिलान छोडेर लुकाकु ९८ मिलियन पाउन्डमा ५ वर्षका लागि अनुबन्धित भएका हुन् ।

    यो चेल्सीले एक खेलाडीका लागि हालसम्मकै बढी रकम खर्च गरेको हो । यसअघि चेल्सीले गत सिजन जर्मन मिडफिल्डर काई हाभर्टजलाई ८२ मिलियन युरो खर्चिएको थियो ।

    लुकाकुले सन् २०१४ मा चेल्सीको सिनियर टोलीबाट मात्र १५ खेल खेल्दै क्लब छाडेका थिए । सन् २०११ मा आन्द्रेलेक्टबाट उनी चेल्सी आएका थिए । सन् २०१४ देखि २०१७ मा एभर्टनबाट खेलेका उनले १ सय ६६ खेलमा ८७ गोल गरे । त्यसपछि दुई सिजन म्यानचेस्टर युनाइटेडमा बिताएका उनले ९६ खेलमा ४२ गोल गरेका थिए ।

    सन् २०१९ मा इन्टर मिलान पुगेका लुकाकुले गत सिजन टोलीलाई ११ वर्षपछि लिग जिताएका थिए । उनले लिगमा २४ गोल गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # चेल्सी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij