वेबटिभी खबर
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हरायो । जितका लागि पाएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १७।४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
जसमा ब्रेनडन म्याक्लमले ४३ रन जोडे । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय यसअघि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा६ विकेटको क्षतिमा १२९ रन बनायो । जसमा रवी बोपराले सर्वाधिक ४९ रन जोडे । सुदूरपश्चिमका स्कट कुइगलीनले २ विकेट लिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij