Logo

२०८३, कार्तिक १९ गते बुधवार

२०८३, कार्तिक १९ गते बुधवार

आज यी क्षेत्रमा हल्का वर्षाको सम्भावना

आज यी क्षेत्रमा हल्का वर्षाको सम्भावना

  • 67
    SHARES
  • आज यी क्षेत्रमा हल्का वर्षाको सम्भावना

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशभर आंशिक बदली हुनुका साथै विभिन्न स्थानमा हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै, आज राति हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

    रातिको समयमा तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हल्का हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ । हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij