Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कोभिड-१९ विरुद्धको खोप चाँडो लगाइदिन दोलखाका सुनचाँदी व्यवसायीको माग

कोभिड-१९ विरुद्धको खोप चाँडो लगाइदिन दोलखाका सुनचाँदी व्यवसायीको माग

  • 1.3K
    SHARES
  • कोभिड-१९ विरुद्धको खोप चाँडो लगाइदिन दोलखाका सुनचाँदी व्यवसायीको माग

    काठमाडौं । दोलखाका सुनचाँदी व्यवसायीहरुले आफूहरुलाई यथाशक्य चाँडो कोभिड-१९ विरुद्धको खोप लगाइदिन सरकारसमक्ष माग गरेका छन् ।

    सेवाग्राहरुसँग प्रत्यक्ष जोडिनुपर्ने भएकाले आफूहरुलाई सरकारले पहिलो प्राथमिकतामा राखेर खोप लगाइदिनुपर्ने व्यसायी तथा कालीगढहरुले दोलखाका प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेका हुन् ।   

    ‘कोभिड-१९ विरुद्वको खोप सम्पुर्ण दोलखाका सुनचाँदी व्यवसायी तथा कालिगढहरुले ग्राहकहरुसँग प्रत्यक्ष निकट रही कारोबार गर्नुपर्ने भएकोले हामीलाई खोप अनिवार्य छ,’  नेपाल सुनचाँदी कला व्यवसायी संघ शाखा दोलखाका प्रतिनिधि दीपक धानुकले भने, ‘दोलखा जिल्ला प्रसाशन कार्यलयका प्रमुखसँग हामीले छिटो भन्दा छिटो खोप उपलब्ध गराउनका लागि ध्यानाकर्षण गराएका छौं ।’

    स्वास्थ्य मन्त्रालयका अनुसरा बागमती प्रदेशअन्तर्गतको दोलखा जिल्ला कोभिङ-१९ संक्रमणको जोखिममा रहेको जिल्ला हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij