वेबटिभी खबर
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
यस्तै, राती कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij