Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

राष्ट्रपति पौडेलद्वारा गौरीघाटमा छठी माताको पूजाआराधना

राष्ट्रपति पौडेलद्वारा गौरीघाटमा छठी माताको पूजाआराधना

  • 72
    SHARES
  • राष्ट्रपति पौडेलद्वारा गौरीघाटमा छठी माताको पूजाआराधना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा पशुपति क्षेत्रस्थित गौरीघाटमा छठी माताको पूजाआराधना गरेका छन् । राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित आइतबार गौरीघाटस्थित छठ पूजास्थल पुगेर पूजाआराधनामा सहभागी भएका हुन् । उनले त्यहाँ अस्ताउँदो सूर्यलाई अर्घ्यसमेत दिएका छन् ।

    गौरीघाट पुग्दा राष्ट्रपति पौडेललाई सांसद विष्णुदेवी पुडासैनी, सांसद पुकार बम, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधि तथा छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij