Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

अमेरिकी गाउँ, प्रत्येक घरबाहिर जहाज हुन्छ 

अमेरिकी गाउँ, प्रत्येक घरबाहिर जहाज हुन्छ 

  • फाल्गुण २६, २०७७ बुधवार १६:३१ बजे
  • 842
    SHARES
  • अमेरिकी गाउँ, प्रत्येक घरबाहिर जहाज हुन्छ 

    क्यालिफोर्निया । प्रायः मानिसहरुको घरबाहिर मोटरसाइकल वा कार हुनु सामान्य कुरा हो । तर तपाईले यस्तो गाउँबारे कल्पना गर्नुभएको छ, जहाँ घरको ग्यारेजमा कार, मोटरसाइकल होइन, जहाज पार्किङ गरिएको हुन्छ । यदि यो हास्यास्पद लाग्छ भने तपाईं अमेरिकाको आवासीय एयरपार्क क्षेत्रमा जान सक्नुहुन्छ।

    images

    एक टिकटक प्रयोगकर्ताले सार्वजनिक गरेको भिडियो भाइरल भएपछि यो इन्टरनेटभरि छायो । भिडियोमा देख्न सकिन्छ, त्यस इलाकामा रहेका प्रत्येक घरमा जहाज राखिएको छ । 

    महत्वपूर्ण कुरा दोस्रो विश्वयुद्धमा अमेरिकाले एक निर्णायक भूमिका निभाएको थियो । अमेरिकामा सन् १९३९ सम्म ३४ हजार पाइलट थिए । १९४६ मा पुग्दा पाइलटको संख्या ४ लाख पुग्यो । 

    युद्ध सकिएपछि पाइलट र एयरफिल्ड खाली भए । यसपछि अमेरिकाको नागरिक एयरोनाटिक्स प्रशासनले बन्द भइसकेका मिलिट्री एयरस्ट्रिम्समा अवकाशप्राप्त सैनिक पाइलटलाई बसाउने उद्देश्यले यसलाई एयरपार्क बनाउने प्रस्ताव अगाडि सार्यो । उक्त प्रस्ताव पास भयो । यस्तो समुदायलाई ‘फ्लाई इन कम्युनिटिज’ भनिन्छ । 

    यी बस्तीमा सडक हवाइजहाज उड्न मिल्ने गरी निर्माण गरिएको हुन्छ । विश्वमा ६३० भन्दा बढी आवासीय एयरपाक्र्स छन्, जसमध्ये ६१० भन्दा बढी अमेरिकामा छन् । क्यालिफोर्निया स्थित क्यामरुन पार्क एयरपोर्ट आवासीय एयरपाक्र्समध्ये एक हो । हाल द सोल फ्यामिली नामको टिकटक प्रयोगकर्ताले भिडियो पोस्ट गरेका थिए । क्यालिफोर्नियास्थित फ्रेस्नोको सियरा स्काई पार्क पहिलो एयर पार्क हो । यसको निर्माण सन् १९४६ मा गरिएको थियो । 

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology