Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

बहरे ती गजलहरू

बहरे ती गजलहरू

  • 1.2K
    SHARES
  • बहरे ती गजलहरू

    वाचनमा  मिठास  हुन्छन्  बहरे  ती  गजलहरू 
    भाव   पक्ष  सन्तुष्ट  छन्  खहरे  ती  गजलहरू ।

    images

    लाग्छ  आधुनिकता  कतै  भित्रिएको  हो  हजुर 
    स्वतन्त्र   भई  बहदैछन्  लहरे  ती   गजलहरू ।

    झुप्रादेखि  महलसम्म  शब्दरूपी  प्रहारले
    देख्दा  राम्रा नलागे  नि   पहरे  ती   गजलहरू  ।

    केही  मिलन  बिछोड  बोकी  प्रेम  यो संसारमा 
    निकै  मज्जाले  जम्छ  है  जहरे  ती  गजलहरू ।

    गाउँ  बेंशीका  गजलहरू प्रकृतिमा  निमग्न  छन् 
    दुःख  अभाव  बोक्या हुन्छन्  शहरे  ती गजलहरू ।

    सूर  छैन  ताल  छैन  शब्दमात्र  बगेका  छन् 
    फाट्टफुट्ट  देखिँदैछन्  रहरे  ती   गजलहरू ।

    शब्दसागर  उर्लिएर  फाँटबाट  माथि  उठे
    साहित्यलाई  सिञ्चन  गर्दै  नहरे ती गजलहरू ।

  • सम्बन्धित विषय:

  • # गजल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology