Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

भावुकताको बिउ

भावुकताको बिउ

  • 1.1K
    SHARES
  • भावुकताको बिउ

    कस्तो हुन्छ
    भावुकताको बिउ
    कहाँबाट पलाउँछ
    यसको टुसा ।

    images

    मान्छेको भावना
    कठोर हुन्छ या त
    एकदमै कोमल
    खुसी हुँदा भने,
    फैलिन्छ दुखी हुँदा,
    सँकुचित हुन्छ मान्छेको भावना ।

    मन भने भावनामा बहकिएको छ
    हृदयमा यसको बीउ छरिएको छ
    कहिले सुखमा कहिले दुखमा
    भावुकताको बीउ रोपेका छौ तिमीले ।

    आज मलाई प्रश्न सोध्न मन लागेकोछ
    कस्तो हुन्छ भावुकताको बिउ रु
    यसको आकार रुप रङ्ग
    र फैलावट कहाँसम्म पुग्छ ।

    भावुकताको बीउ हुन्छ कि हुँदैन रु
    कसरी पलाउँछ मान्छेको भावुकता रु
    टुसाउनु, उम्रिनु, आकार ग्रहण गरेर हेर
    क्वाँटी भिजाउनु अनि हेर्नु,
    कसरी पलाउँछ भावुकता रु

    कहिले खुसीको भावना
    कहिले दुखको भावना
    राम्रो भावना नराम्रो भावना
    उम्रिरहेको छ
    तिम्रो हृदयमा भावुकताको  बिउ ।

  • सम्बन्धित विषय:

  • # कविता

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology