Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

पौडेलले बोलाए बैठक

पौडेलले बोलाए बैठक

  • 429
    SHARES
  • पौडेलले बोलाए बैठक

    काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरूको बैठक बोलाएका छन् । शनिबार केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनका कार्यतालिका ल्याएपछि पौडेलले बैठक बोलाएका हुन् ।

    पौडेलपक्षीय बैठक आइतबार दिउँसो साढे २ बजेपछि पौडेलका निवास बोहोराटारमा बस्न लागेको एक नेताले जानकारी दिए ।  'महाधिवेशनको मिति तय भएपछि नजिक भएका र राय मिल्ने साथीहरुको बीचमा अब कसरी जाने भन्ने विषयमा छलफल गरौं भने उहाँले बैठक बोलाउनुभएको हो' ती नेताले भने ।

    केन्द्रीय समिति बैठकले विवादित क्रियाशील सदस्यता भदौ २ गते टुंगो लगाइसक्ने निर्णयका सन्दर्भमा छलफल हुने उनको भनाइ छ । उनले भने, 'यी सबै कुरा टुंग्याएर सबैले आआफ्नो जिल्लामा अधिवेशनका लागि जानुपर्यो । त्यसको पूर्वतयारीका लागि आज हामी बैठक बस्दै छौं ।'

    महाधिवेशनको नयाँ मिति आगामी मंसीर ९-१३ लाई तोकिएको छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij