वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रप्रति आफ्नो सम्मान रहेको बताएका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमा राजा र राष्ट्रपतिबीचको फरक भन्दै राजा देश छोडेर नभागेको जिकिर गरेका छन् ।
उनले भनेका छन्, ‘तालिबानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्रप्रति मेरो सम्मान अझै बढेको छ । २०६३ पछि देशभित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ । राजा र राष्ट्रपति बिचको फरक पनि यही हो ।’
तालिबानले अफगानस्तानको सत्ता कब्जा गरेपछि अफगानिस्तानका राष्ट्रपति असरफ गनीले देश छोडेर भागेका छन् । बितेका १० दिनमा अफगानिस्तानका अधिकांश ठूला र रणनीतिक महत्त्वका क्षेत्र तालिबानले कब्जामा लिइसकेको छ ।
तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ।२०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ।
— Kamal Thapa (@KTnepal) August 16, 2021
राजा र राष्ट्रपति बिचको फरक पनि यही हो pic.twitter.com/Ed3vw10s0H
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij