Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै अध्यादेश ल्याउनेबारे निर्णय हुने

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै अध्यादेश ल्याउनेबारे निर्णय हुने

  • 642
    SHARES
  • बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै अध्यादेश ल्याउनेबारे निर्णय हुने

    काठमाडौं । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नेबारे निर्णय गर्न  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् ।

    बैठकमा सहभागी हुन गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ऊर्जामन्त्री फम्फा भुसाल बालुवाटार पुगिसकेका छन् ।  पुनः स्थापित संसदमा पेस नभएका कारण निष्क्रिय भएका अध्यादेशहरू पनि जारी गर्नेबारे पनि मन्त्रिपरिषद्ले निर्णय लिने बताइएको छ ।

    यस्तै बजेट प्रतिस्थापन अध्यादेश ल्याउनेबारे पनि निर्णय हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।  मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री देउवाले कांग्रेसका शीर्ष नेताहरुसँग समसामयिक विषयमा छलफल गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij