वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेको निर्णयविरुद्ध भूमिहीन सुकुम्बासीहरूले काठमाडौंस्थित माइतीघर मण्डालामा मंगलबार प्रदर्शन गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संगठन, अखिल नेपाल किसान महासंघ र नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको संयुक्त आयोजनामा विरोधसहित प्रदर्शन गरिएको हो ।
एमाले नेता देवी ज्ञवालीको नेतृत्वमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले ०७७ सालमा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको थियो । १९ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकोले आयोगको केन्द्र, प्रदेश र स्थानीय तहका सबै निकाय खारेज गरेपछि भूमिहीन सुकुम्बासीहरू आन्दोलित भएका हुन् ।
ज्ञवालीले आयोग खारेजी विरुद्ध दिएको रिटमा सर्वोच्च अदालतले सुनुवाइ गर्दै अन्तरिम आदेशमार्फत सरकारको सो निर्णय तत्काल लागू नगर्न आदेश दिए पनि आयोगलाई सरकारले पदाधिकारी र कामकारबाहीविहीन बनाएको उनीहरूको ठहर छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij