वेबटिभी खबर
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले भदौ ३ गतेदेखि सुरु गर्ने भनेको अनशन तत्कालका लागि स्थगित गरेका छन् ।
मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफलपछि डा.केसी अनशनको कार्यक्रम तत्कालका लागि स्थगित गर्न सहमत भएका हुन् ।

छलफलमा प्रधानमन्त्री देउवाले आफ्ना माग पूरा गर्न प्रतिवद्धता जनाएको हुँदा हालका लागि सत्याग्रहको कार्यक्रम स्थगित गरिएको डा.केसीले जनाएका छन् ।
डा.केसीले पाँच बुँदे माग राख्दै भदौ ३ गतेदेखि अनशन थाल्ने घोषणा गरेका थिए । त्यसको दुई दिनअघि प्रधानमन्त्री देउवाले मंगलबार उनलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij