Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

बेरोजगार भएपछि बुबाआमा र विश्वविद्यालयविरुद्ध मुद्दा 

बेरोजगार भएपछि बुबाआमा र विश्वविद्यालयविरुद्ध मुद्दा 

  • फाल्गुण २७, २०७७ बिहिवार १२:४४ बजे
  • 629
    SHARES
  • बेरोजगार भएपछि बुबाआमा र विश्वविद्यालयविरुद्ध मुद्दा 

    लन्डन । लन्डनमा ४१ वर्षीय फैज सिद्दीकीले आफ्ना बुबाआमाविरुद्ध भरणपोषणको खर्च दिन माग गर्दै मुद्दा दर्ता गरेका छन् । फैजका बुबा ७१ वर्षीय जावेद र ६९ वर्षीया आमा रक्षन्दा दुबईमा बस्छन् । बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयबाट कानुनमा डिग्री हासिल गरे पनि फैज लगभग १० वर्षदेखि बेरोजगार छन् । उनका अनुसार उनी ट्रेंड लयर हुन् । सन् २०११ देखि उनले जागीरका लागि निकै खोजे तर कतै नभेटेपछि आमा बुबाले आफ्नो पुरै जिम्मेवारी लिनुपर्ने भन्दै मुद्दा हालेका हुन् । 

    images

    फैजले तर्क गरे, उनी स्वास्थ्य समस्याका कारण कमजोर जोखिममा पुगेको सन्तानको रूपमा दाबी गर्न योग्य छन्। उसलाई रोक्नु उसको मानव अधिकारको उल्लंघन हुनेछ। उनको मुद्दालाई फेमिली कोर्टले खारेज गरेपछि उनी उच्च अदालत पुगेका थिए । उता अभिभावकका वकिल जस्टिन वारशाले फैज सेन्ट्रल लन्डनमा २० वर्षदेखि आफ्नौ प्यारेन्ट्सको हाइड पार्क घरमा बस्दै आएको बताएका छन् । 
    ‘हालसम्म पढाइदेखि उनको सबै खर्च बुबाआमाले उठाएका छन्, फैजले हरेक साता ६५ हजार रुपैयाँ दिँदै आएका छन् । योबाहेक अन्य खर्चका लागि महिनाभरमा करिब दुई लाख ४० हजार रुपैयाँ दिन्छन् । फैजले अहिले गरेको माग जायज नभएको वकिल बताउँछन् । फैजले यसभन्दा अगाडि सन् २०१८ मा अक्सफोर्ड विश्वविद्यालयविरुद्ध पनि मुद्दा दर्ता गरेर १६ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका थिए । उनले अक्सफोर्डमा पढाईको गुणस्तर न्युन भएकाले आफूले प्रतिष्ठित अमेरिकी ल कलेजमा भर्ना लिन नपाएको बताएका थिए । उनको यो मुद्दा लन्डनको तल्लो अदालतले खारेज गरेको थियो । 

  • सम्बन्धित विषय:

  • # बेराेजगार

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology