Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

इसीडी शिक्षक र बैतडीको पाटन नगरपालिकाबीच भयो सहमति, १० वटै वडा कार्यालयको तालाबन्दी पनि खुल्यो

इसीडी शिक्षक र बैतडीको पाटन नगरपालिकाबीच भयो सहमति, १० वटै वडा कार्यालयको तालाबन्दी पनि खुल्यो

  • 4.3K
    SHARES
  • इसीडी शिक्षक र बैतडीको पाटन नगरपालिकाबीच भयो सहमति, १० वटै वडा कार्यालयको तालाबन्दी पनि खुल्यो

    बैतडी । बैतडीको पाटन नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयमा गरिएको तालाबन्दी बुधबार खोलिएको छ । तलब वृद्धिको माग गर्दै आइतबारदेखि आन्दोलनमा उत्रिएका बालविकास सहजकर्ता (इसीडी) तथा विद्यालय कर्मचारीले नगरपालिका र वडा कार्यालयमा गरेको तालाबन्दी खोलिएको हो ।

    यसअघि नगरपालिकाले विज्ञप्ति जारी गर्दै बालविकास शिक्षक र विद्यालय कर्मचारीले आफ्नो हकहितका लागि उठाएका जायज मागलाई नगरपालिकाले सकारात्मकरूपले लिएको र सङ्घीय सरकारले सःशर्त अनुदानका रूपमा पालिकालाई अनुदान उपलब्ध नगराए पनि आन्तरिक स्रोत हेरेर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको थियो । 

    विज्ञप्तिमै टेकेर नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि र सङ्घर्ष समितिबीच विभिन्न सहमति भएपछि ताला खोलिएको विद्यालय कर्मचारी गोपाल महराले जानकारी दिए । अहिले नगरपालिकाका प्रमुख केशवबहादुर चन्द नगरबाहिर रहेका र उनी आउनेवित्तिकै सङ्घर्ष समितिसँग बसेर छलफल गर्ने, वार्ता भएको एक/दुई दिनभित्रै कार्यपालिकाको बैठक बोलाएर माग सम्बोन्धन गर्न सहमति भएपछि ताला खोलिएको महराको भनाइ छ । 

    सङ्घीय सरकारले बजेट भाषणका बेला बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम तलब रु १५ हजार हुनुपर्ने र त्यसमा रु सात हजार स्थानीय सरकारले थप्नुपर्ने भनेको भए पनि पाटन नगरपालिकाले त्यो कार्यान्वयन नगरेकाले उनीहरुले तालाबन्दी गरेका हुन् । सांकेतिक तस्बिर । 

    इनरुवा नगरपालिकाले बेवास्ता गर्यो इसीडी शिक्षकका माग  इनरुवा नगरपालिकाले बेवास्ता गर्यो इसीडी शिक्षकका माग 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij