Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

नेपालीले अष्ट्रेलियामा खोलेको कलेजले पायो मान्यता, नेपाली विद्यार्थीलाई विशेष छुट

नेपालीले अष्ट्रेलियामा खोलेको कलेजले पायो मान्यता, नेपाली विद्यार्थीलाई विशेष छुट

  • 699
    SHARES
  • नेपालीले अष्ट्रेलियामा खोलेको कलेजले पायो मान्यता, नेपाली विद्यार्थीलाई विशेष छुट

    अष्ट्रेलिया । नेपाली लगानीकर्ताले अष्ट्रेलिया न्यू साउथ वेल्सको सिड्नीमा खोलेको प्राविधिक कलेज ‘इन्टरनेशनल इन्स्टिच्युट अफ एजुकेसन’ ले अष्ट्रेलिया तास्मानियाको होबार्टमा पनि नयाँ कलेज सञ्चालनको अनुमति पाएको छ । नयाँ कलेजको नाम ‘आइआइइ तास्मानिया क्याम्पस’ रहने कलेजका संस्थापक सिइओ सागर लोहनीले जानकारी दिए ।

    images

    तास्मानियाको नियमअनुसार प्राविधिक विषय एक वर्ष पढेपछि विद्यार्थीलाई भिषाको लागि अझ सहज हुने भएकाले पनि नयाँ प्राविधिक कलेजमा विद्यार्थीको आकर्षण रहने लोहनीले बताए । उक्त नयाँ कलेजमा हस्पिटालिटी म्यानेजमेन्ट, आइ टि, लिडरसिप एण्ड म्यानेजमेन्टमा एड्भान्स डिप्लोमा साथै सामाजिक सेवा, आइटी, लिडरसिप एण्ड म्यानेजमेन्टमा डिप्लोमा र म्यानेजमेन्टमा ग्र्याजुएट डिप्लोमा पढाइ हुने आइआइइ तास्मानिया क्याम्पस प्रमुख वसन्त घिमिरेले जानकारी दिए ।

    साबिकको कलेजमा ४ सय २० र नयाँमा ३ सय ५० गरि अब आइ आइ इ ७ सय ७० विद्यार्थी क्षमतामा सञ्चालनमा आउनेछ । कलेजमा प्राविधिक  र व्यावसायिक सीपसम्बन्धी कोर्स भएकोले कलेजको पढाइ जुनसुकै देशमा रोजगार मुलक हुने लोहनीको दाबी छ । अधिकांश विद्यार्थीको काम र पढाइबीच सामाजस्य नभएको सन्दर्भमा यस खाले प्राविधिक विषय स्नातक तथा स्नातकोत्तर अध्यन गर्ने विद्यार्थीले काम पाउन सजिलो हुने र आफ्नो पढाइ अनुसारको काम समेत पाउने भएकाले यसखाले कोर्स सुरु गरिएको लोहनीले बताए ।

    हालसालैका वर्षहरूमा अष्ट्रेलिया सरकारले आवासीय मापदण्डमा धेरै परिवर्तन गरेको छ । प्राविधिक र व्यावसायिक सीप भएका व्यक्तिलाई सहज हुने हुँदा कलेजप्रति विद्यार्थीको आकर्षण रहने लोहोनीको भनाइ छ । गत वर्ष न्यू साउथ वेल्समा सुरु भएको आइआइइका विद्यार्थीले साउदर्न क्रस युनिभर्सिटीमा क्रेडिट ट्रान्सफर पाउने सुविधा समेत रहेको बताइएको छ ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology