वेबटिभी खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद्हरूले दिएको अभिव्यक्तिप्रति सभामुख अग्नि सापकोटाले आपत्ति जनाएका छन् ।
शुक्रबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षामा गएर एमालेका सांसद्हरूले सभामुखसँग भेट्न खोजेका थिए । तर,सभामुखले अन्यत्रै काम रहेकाले तत्काल कार्यकक्ष आउन नसक्ने बताएपछि उनीहरू रुष्ट बनेका थिए ।
‘हामीले सभामुखलाई दुई घन्टासम्म पर्खियौं तर उहाँ आउनु भएन । हामीलाई उहाँ भागेको आभाष भएको छ,’ एमाले दलकी सचेतक शान्ता चौधरीले भनकी छिन् ।
सभामुख सापकोटा प्रतिपक्षी एमालेका सांसद्को उक्त अभिव्यक्तिप्रति असन्तुष्ट बनेका छन् । १४ जना सांसदलाई गरिएको कारबाहीलाई अघि नबढाएकोमा एमाले नेतृत्वले दिएका अभिव्यक्तिप्रति सभामुखले आपत्ति जनाएका हुन् ।
बिहीबार प्रमुख सचेतक विशाल भट्टराई र शुक्रबार सचेतक चौधरीको अभिव्यक्तिले सभामुखले आफूलाई अफ्ट्यारो महसुस भएको बताएको सभामुखका प्रेस सल्लहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
सिन्धुपाल्चोकको लिसंखुपाखरका समाजसेवी पदवज्र लामाको निधनका कारण सभामुख श्रद्धाञ्जलीका लागि मण्डिखाटार गएका बेला एमाले सांसदहरुले अन्यथा प्रतिक्रिया दिएको सभामुखको सचिवलायले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij