Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

एमाले सिध्याउन को-को लागे ? बस्नेतले दिए यस्ताे चेतावनी

एमाले सिध्याउन को-को लागे ? बस्नेतले दिए यस्ताे चेतावनी

  • 637
    SHARES
  • एमाले सिध्याउन को-को लागे ? बस्नेतले दिए  यस्ताे चेतावनी

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा आफ्नो पार्टीलाई सिध्याउन लागिपरेको आरोप लगाएका छन् । 

    एमाले सिध्याउने देउवा, दाहाल र सापकोटा तीनै जनालाई आगामी दिनमा महंगो पर्ने उनले चेतावनी दिए ।

    शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता बस्नेतले भने,‘एमालेलाई कमजोर बनाउने काममा यो सरकार व्यस्त छ । अध्यादेश जुन आएको छ, यसले त्यही पुष्टि गरेको छ । एमालेले कारबाही गरेका १४ जना सांसदलाई अहिलेसम्म पदमुक्त गरेको सूचना सभामुखबाट प्रकाशन गरिएको छैन । अध्यादेश ल्याउनुको मुख्य उद्देश्य एमाले विभाजन गर्नेमात्रै देखियो ।’

    एमाले सांसद समेत रहेका बस्नेतले अध्यादेश ल्याउनुको अर्को उद्देश्य भनेको आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतमा पुर्याउने षड्यन्त्र रचिएको सुनाए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij