Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

दल दर्ताका लागि सांसद पुष्टि गर्न निर्वाचन आयोगले पठायो सभामुखलाई पत्र

दल दर्ताका लागि सांसद पुष्टि गर्न निर्वाचन आयोगले पठायो सभामुखलाई पत्र

  • 564
    SHARES
  • दल दर्ताका लागि सांसद पुष्टि गर्न निर्वाचन आयोगले पठायो सभामुखलाई पत्र

    काठमाडौं । नयाँ दल दर्ताको प्रक्रियामा रहेका माधव नेपाल र महन्त ठाकुरले आफ्नो पक्षमा दाबी गरेका सांसद्हरूको कित्ता स्पष्ट पार्न निर्वाचन आयोगले सभामुख अग्नि सापकोटालाई पत्र पठाएको छ बेग्लाबेग्लै दल दर्ताका लागि निवेदन दिएका नेपाल र ठाकुरले निवेदनमा खुलाएका सांसदहरू सम्बन्धित नेतापक्षीय हुन् कि होइनन् भन्ने पुष्टि गर्न आयोगले सभामुखलाई पत्र पठाएको हो ।

    नेपालले एमाले र ठाकुरले जनता समाजवादी पार्टीबाट २० प्रतिशत सदस्य संख्या लिएर नयाँ दल दर्ता गर्न निवेदन दिएपछि आयोगले सभामुखलाई औपचारिक पत्र पठाएर जवाफ माग्ने निर्णय गरेको हो । ‘आयोगले निर्णय गरेर सभामुखलाई पत्र पठाइसकेको छ, निर्वाचन आयोग स्रोतले भन्यो, ‘सभामुखको जवाफ पर्खिरहेका छौं । बुधबार सनाखतका लागि बोलाइएका त्यसअघि नै संसद सचिवालयबाट पत्रको जवाफ आउने आयोगको अपेक्षा छ ।’

    आयोगकाअनुसार ठाकुरलाई संघीय सांसदहरूको संख्याका आधारमा नयाँ दल दर्ता गर्न ७ सांसद र नेपाललाई ३१ सांसद आवश्यक पर्छ । यता संसद् सचिवालयले आयोगबाट पत्र आएको र प्रक्रिया अघि बढाइएको जनाएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij