वेबटिभी खबर
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोडस्थित भगवानचोकमा आइतबार सवारी दुर्घटनामा परी दुईजना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख २८९४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मे २ प १२९५ नम्बररको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक गौरादह ४ का ३० वर्षीय खेमराज घिमिरे र पछाडि सवार ५० वर्षीया कृष्णमाया दाहाल घाइते भएका हुन् ।
घाइते दुवैको बिर्तामोडस्थित बिर्तासिटि अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दाहालको टाउको र अनुहारमा चोट लागेर अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । बस र चालकलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको जनाएको छ ।
झापाको बिर्तामोडमा सडक दुर्घटना
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij