Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कांग्रेसबाट मन्त्रीका यी आकांक्षी, कसले मार्ला बाजी? 

कांग्रेसबाट मन्त्रीका यी आकांक्षी, कसले मार्ला बाजी? 

  • भाद्र ७, २०७८ सोमवार १०:२० बजे
  • 539
    SHARES
  • कांग्रेसबाट मन्त्रीका यी आकांक्षी, कसले मार्ला बाजी? 

    काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। उनले प्रधानमन्त्री बनेको  डेढ महिनापछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन्। नेकपा एमालेबाट अलग भएर नेपालले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका छन्। नेपाल समूहलाई आयोगले बुधबार सनाखतका लागि बोलाएको छ। सोही दिन उनीहरुले दल दर्ताको प्रमाणपत्र पाउने सम्भावना छ। नेपाल समूहले दल दर्ताको प्रमाणपत्र पाएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी देउवाको छ। 

    देउवा तत्कालै मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा छन्। तर, माधव नेपालको पार्टी दर्ता नभइन्जेल मन्त्रिपरिषद् विस्तार गर्न नहुने सत्तासाझेदार दलको सुझाव छ। ‘प्रधानमन्त्रीज्यूले अलिकति भए पनि विस्तार गरौं भन्नुभएको हो। भनिराख्नु पनि भएको छ,’ सचिवालय स्रोतले भन्यो।  

    प्रधानमन्त्री देउवाले कांग्रेसका लागि सात मन्त्रालय आफूसँग राखेर नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (प्रस्तावित दल) र जसपाका लागि छ–छ मन्त्रालय छुट्टयाएका छन्।

    कांग्रेसमा आकांक्षीको लर्को 

    कांग्रेसको संस्थापन समूहबाट पुष्पा भुसाल, डा. डिला संग्रौला, देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर, भरत शाह, डा. नारायण खड्का आकांक्षी देखिएका छन्। संस्थापन इतर समूहले महामन्त्री डा। शशांक कोइराला र केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र सुजाता कोइरालामध्ये कुनै एक जनालाई उपप्रधानमन्त्रीसहित मन्त्रिमण्डलमा सहभागिताका लागि सिफारिस गर्ने निर्णय यसअघि नै गरिसकेको छ। 

    इतर समूहबाट डा. मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडू पनि मन्त्री बन्ने ‘लबिङ’ मा छन्। यस्तै संस्थापन समूह छाडेर इतर समूहमा गएका रुपन्देहीका सांसद विजय यादव, सप्तरीका तेजुलाल चौधरी, उदयपुरकी प्रमिला राई पनि आकांक्षीका रुपमा देखिएका छन्। यस्तै १३ औं महाधिवेशनदेखि कांग्रेसमा ‘तेस्रो धार’ भनिने सिटौला समूहबाट सांसदहरु गगन थापा, भीमसेनदास प्रधान र उमाकान्त चौधरी पनि आकांक्षी छन्। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij