Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

भारतमा रेलको ठक्करबाट नेपाली युवतीको ज्यान गयो

भारतमा रेलको ठक्करबाट नेपाली युवतीको ज्यान गयो

  • भाद्र ७, २०७८ सोमवार १०:२८ बजे
  • 812
    SHARES
  • भारतमा रेलको ठक्करबाट नेपाली युवतीको ज्यान गयो

    काठमाडौं– भारतमा रेलको ठक्करबाट एक नेपाली युवतीको ज्यान गएको छ। एक महीनाअघि भारतको मुम्बईमा रेलको ठक्करबाट गम्भीर घाइते भएकी नेपाली एक युवतीको उपचारको क्रममा मृत्यु भएको हो। 

    गत जुलाई २२ मा २२ वर्षीय कालु परियारलाई सन्पदा रेलवे स्टेसनमा रेलले ठक्कर दिएको थियो । रेल पर्खदै गर्दा उनको मोवाइल रेलवे ट्रयाकमा खसेको र मोवाइल टिप्ने क्रममा रेलवे ठक्कर दिएको थियो।

    उनलाई उपचारको लागि सिओन अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीले भारतमा रहेको नेपाली समुदायलाई सम्पर्क गरी उनको नेपालको ठेगाना पत्ता लगाई उनको शव हस्तान्तरण गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # भारत
  • # रेल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij