Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

नवीना लामाले लगाइन माधव नेपाललाई यस्तो आरोप

नवीना लामाले लगाइन माधव नेपाललाई यस्तो आरोप

  • 1.3K
    SHARES
  • नवीना लामाले लगाइन माधव नेपाललाई यस्तो आरोप

    काठमाडौं । नेकपा एमालेकी सांसद नवीना लामाले माधव नेपालले एमालेमा गुट बनाएर पार्टी विभाजन गरेको आरोप लगाएकी छिन् ।

    १५ वर्ष एमालेको नेतृत्व गर्दा नेपालले केपी ओली र ओली पक्षधरलाई दमन गरेको स्मरण गराउँदै महाधिवेशनमा हारेर पनि विधि पद्धतिको गीत गाउँदै लज्जास्पद रूपमा अध्यक्ष दाबी गरेको लामाको आरोप छ ।

    ‘तपाईंले १५ वर्ष पार्टीको नेतृत्व गर्दा अहिलेको पार्टी अध्यक्ष केपी ओली र उहाँको लाइनलाई कस्तो अवस्थामा पुर्‍याउनु भयो ? पार्टीलाई लज्जास्पद हारसहित तेस्रो स्थानमा पुर्‍याउनु भयो । आफ्नो गुटकालाई मात्र पक्षपोषण गर्दै तिनलाई राम्रो ठाउँमा, आफ्ना नातागोता र छोराछोरी सबैलाई यथोचित व्यवस्थापन गर्नुभयो । अहिले आफू महाधिवेशनमा हारेपछि पनि ऐनमौकामा जस्केलाबाट छिरेर विधिको गीत गाउँदै अध्यक्ष पदमै दावा गर्ने ? यो कुन विधि र पद्धति हो कमरेडरू ?,’ लामाले फेसबुकमार्फत भनेकी छिन् ।

    एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूको पूर्वअध्यक्षसमेत रहेकी लामाले आफ्नो पार्टीको सरकार ढालेर, पार्टीलाई दनदनी बालेर त्यसको आगोमा माधव नेपालले मज्जा लिइरहेको भन्दै उनले जनताले सधैं धिक्कार्ने बताएकी छिन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij