वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले १० बुँदे सहमति कार्यान्वयन र पार्टी एकता जोगाउन अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेको बताएका छन् ।
ओली निवास बालकोटमा सोमबार भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले सबै नेता कार्यकर्तालाई समान व्यवहार गर्ने र सबैका पुराना जिम्मेवारी यथावत राख्ने प्रतिबद्धतासमेत अध्यक्ष ओलीले व्यक्त गरेको जानकारी दिए ।
‘अध्यक्ष कमरेडले अत्यन्तै सकारात्मक धारणा व्यक्त गर्नुभएको छ । पार्टीलाई एकताबद्ध बनाउन जिम्मेवार छु भन्नुभएको छ । कसैलाई भेदभाव र अन्याय हुँदैन भन्ने सुनिश्चितता अब स्थायी कमिटी बैठकले गर्छ र अध्यक्षले गर्नुभएको छ । अब सबै साथीहरूलाई विभाजनको पक्षमा नलागी एकतामा लाग्न आह्वान गर्छु,’ ओलीको आशय खुलाउँदै भट्टराईले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij