वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावको मस्यौदामाथि ताप्लेजुङ एमालेका जिल्ला र पालिका कमिटी सदस्यहरूले सुझाव प्रस्तुत गरेका छन् । २७ र २८ भदौ काठमाडौंमा आयोजना हुने महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावको मस्यौदामाथि जिल्ला नेता र कार्यकर्ताले सुझाव प्रस्तुत गरेका हुन् ।
सुझाव संकलनका लागि ताप्लेजुङ जिल्ला कमिटीले शनिबार आयोजना गरेको विस्तारित बैठकले पार्टी सदस्यता नवीकरण, वडा अधिवेसन आयोजक समिती गठन, जिल्ला कमिटीको बैठक बस्नेलगायतका निर्णय गरेको एमाले केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला नेता पासाङ शेर्पाले जानकारी दिए ।
‘१२ भदौसम्ममा पार्टी सदस्यता नवीकरण गरिसक्ने, १८ गतेसम्ममा वडा अधिवेशन आयोजक समिती गठन गरिसक्ने, २० गतेसम्ममा जिल्ला कमिटी बैठक बस्ने, २१ गते जिल्ला कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘विभिन्न गाउँबाट आउनु भएका कमरेडहरूले बैठकमा सहभागिता जनार्इ विधान संशोधन प्रश्तावको मस्यौदामाथि सुझावहरू प्रस्तुत गर्नुभएको हो ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij