वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले पर्याप्त प्रमाणबिनै तत्कालीन समयमा निर्वाचन आयोगले पार्टी फुटाइदिएको आरोप लगाएका छन् ।
०७४ सालमा पुष्पकमल दाहाल (प्रचण्ड) र शेरबहादुर देउवाको दबाबमा निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवको नेतृत्वमा आयोगले बिनासनाखत राप्रपा फुटाइदिएको थापाको आरोप छ ।
१ भदौमा सरकारले ल्याएको दलसम्बन्धी अध्यादेशपछि नेकपा एमाले र जनता समाजवादी पार्टी, नेपाल (जसपा) विभाजन भएपछि नयाँ दल बन्ने प्रक्रियामा आयोगले दुवै दलका अध्यक्षलाई नेताको सनाखत मागेकोप्रति थापाले खुसी व्यक्त गरेका छन् ।
‘एमाले र जसपा विभाजन क्रममा निर्वाचन आयोगले सनाखतको निम्ति बोलाएको सुन्दा खुसी लाग्यो,’ थापाले ट्वीटरमा लेखेका छन्, ‘०७४ सालमा प्रचण्ड र देउवाजीको दबाबमा अयोधीप्रसाद नेतृत्वको निर्वाचन आयोगले बिनासनाखत र पर्याप्त प्रमाणबिना राप्रपालाई फुटाइदिएको घटना सम्झिरहेछु । तथापि, हामी अहिले एक भएकाछौं, कहिल्यै नफुट्ने गरी ।’
एमाले र जसपा विभाजन क्रममा निर्वाचन आयोगले सनाखतको निम्ति बोलाएको सुन्दा खुसी लाग्यो।
— Kamal Thapa (@KTnepal) August 24, 2021
७४सालमा प्रचण्ड र देउवाजीको दवावमा अयोधीप्रसाद नेतृत्वको निर्वाचन आयोगले विना सनाखत/पर्याप्त प्रमाण विना राप्रपालाई फुटाई दिएको घटना सम्झिँरहेछु।
तथापि हामी अहिले एक भएकाछौँ, कहिल्यै नफुट्ने गरी pic.twitter.com/XaVqow9etU
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij