वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्यामा पुनः वृद्धि भएको छ ।
यो अवधिमा ३७ हजार ५९३ मानिसमा कोभिड–१९ संक्रमण पुष्टि भएको हो । संक्रमितको यो विगत दुई दिन थपिएका दैनिक संक्रमितभन्दा १२ हजार बढी हो । भारतमा सोमबार र मंगलबार २५ हजार आसपास संक्रमित थपिएका थिए । मंगलबार २५ हजार ४६७ जनामा संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी ३४ हजार १६९ जना संक्रमणमुक्त भएका छन् । संक्रमित हुनेभन्दा निको हुनेको संख्या यो अवधिमा कम हुन पुगेको छ । केही दिनयता भारतमा संक्रमित थपिनेभन्दा निको हुने बढी थिए ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३ लाख २२ हजार ३२७ रहेको छ ।
त्यसैगरी भारतमा हालसम्म ५९ करोड ५५ लाख मानिसले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij