Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

ओलीको आरोप- सभामुखले पक्षधरताको राजनीति गर्नु दुःखद् 

ओलीको आरोप- सभामुखले पक्षधरताको राजनीति गर्नु दुःखद् 

  • 746
    SHARES
  • ओलीको आरोप- सभामुखले पक्षधरताको राजनीति गर्नु दुःखद् 

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओली सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोशित भएका छन् । पार्टी विभाजनपछि पहिलो पटक बुधबार पत्रकार सम्मेलन गर्दै उनले सभामुख सापकोटाको भूमिकालाई लिएर आक्रोश व्यक्त गरेका हुन् । 

    images

    एमाले विभाजनका लागि १४ जना आफ्ना सांसदमाथि कारबाही गरेको पत्र संसद सचिवालयमा पठाए पनि सभामुख सापकोटाले सूची प्रकाशित गर्न रोकेको भन्दै ओलीले आक्रोश व्यक्त गरे ।

    ‘एमाले विभाजन रोक्न आफ्ना १४ जना सांसदमाथि कारबाही गरेको सचिवालयमा भदौ १ गते पठायौँ’, ओलीले भने, ‘तर, सभामुखले कारबाही गरेको सूची प्रकाशित गर्न सचिवालयका कर्मचारीलाई रोकेर नौ दिनदेखि राखेका छन् ।’ 

    संसदीय मर्यादा र आचारणविपरीत सभामुख सापकोटाले एमालेले निलम्बन गरेका १४ जना सांसदको सूची सार्वजनिक नगरेको ओलीको आरोप छ । 

    एमालेले माधव नेपालसहित १४ जनामाथि कारबाही गरेको पत्र सचिवालयमा पठाएको थियो । सभामुख सापकोटाले पक्षधरताको राजनीति गर्नु दुःखद् र खेदजनक रहेको ओलीको भनाइ छ ।  


     

  • सम्बन्धित विषय:

  • # केपी ओली

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology