Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

भीम रावललाई गंगालाल तुलाधरको यस्तो आरोप

भीम रावललाई गंगालाल तुलाधरको यस्तो आरोप

  • 774
    SHARES
  • भीम रावललाई गंगालाल तुलाधरको यस्तो आरोप

    काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता  गंगालाल तुलाधर ले मध्यमार्गी नेताहरुले अन्तिम समयमा धोका दिएको आरोप लगाएका छन् । निर्वाचन आयोगमा सनाखतका लागि पुगेका नेता तुलाधरले नयाँ पार्टी गठन गर्न ढिला भयो भन्नेहरुले नै अन्तिममा धोका दिएको आरोप लगाए ।

    images

    'हामीसँग रहेका १० जना साथीहरुले केपी ओलीलाई बिचमा राखेर फोटो खिचाउनुभयो । उहाँहरुले उता सनाखत गरिसक्नुभयो । मध्यपन्थी मध्यस्तता गर्ने साथीहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा छुट्नुभयो । आजको अवस्था आउनका निम्ति उहाँहरु नै मुख्य भूमिकामा हुनुहुन्छ । पार्टी गठन गर्न ढिला भयो भनेर कराउने उहाँहरु नै हो । अहिले आएर उहाँहरुले धोका दिनुभयो,' तुलाधरले भने ।

    उनले कारबाही गरेकाले सनाखत गर्न मिल्दैन भनेर एमालेले भन्न नपाउने पनि जिकिर गरे । यो कानुनले भन्ने उनको भनाइ थियो । नेता तुलाधारले पार्टी विभाजन आफूहरुको चाहना नभएको पनि दाबी गरे । 'एकता चाहना हहो । विभाजन बाध्यता हो । ओलीले गर्ने व्यवहारमा सुधार देखिएन । बाध्य भएर रगत पसिना घिसेको, आधा जीवन खर्च गरेको पार्टी छोड्न बाध्य भयौं । चुप लागेर बस्न सकिएन । क्रान्ति  अगाडि बढाउन, कम्युनिस्ट आन्दोलन जोगाउन, विसर्जनवाद, संशोधनवादबाट पार्टी जोगाउन जरुरी थियो । पार्टी दर्तासम्म आइपुग्यौं,' उनले भने ।

    आफूहरु नेपाली क्रान्तिलाई र कम्युनिस्ट आन्दोलन जोगाउनका निम्ति कम्युनिस्ट क्रान्तिकारी पार्टी निर्माणमा लागेको तुलाधरले बताए । 'पर्याप्त संख्या भएको छ । औपचारिक र वैधानिक रुपमा पार्टी दर्ता हुने क्रममा छ,' उनले भने । 

     गंगालाल हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ । -सम्पादक  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology