Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

भीम आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाउने तयारी, एमाले बैठक बस्दै 

भीम आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाउने तयारी, एमाले बैठक बस्दै 

  • भाद्र १०, २०७८ बिहिवार ०९:२२ बजे
  • 722
    SHARES
  • भीम आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाउने तयारी, एमाले बैठक बस्दै 

    विराटनगर– नेकपा एमाले प्रदेश १ संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहीबार बिहान ९ बजे बोलाइएको छ। बैठकमा मुख्यमन्त्री तथा  संसदीय दलका नेता शेरधन राईलाई राजीनामा गराउने तयारी रहेको स्रोतको भनाइ छ ।

    राईको राजीनामापछि माधवकुमार नेपालको साथ छोडेका एमाले सचिव भीम आचार्यलाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री बनाउने तयारी गरिएको छ । एमालेका एक सांसदका अनुसार आचार्यलाई बिहीबार नै  मुख्यमन्त्री शपथग्रहण गराउने सम्भावना छ ।

    मुख्यमन्त्री नियुक्त भइसकेपछि आचार्यले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।  प्रदेशसभाको अंक गणित हेर्दा एमालेका चारजना सांसद मात्रै माधव नेपालको पक्षमा लागे भने आचार्यले बहुमत पाउने अवस्था छैन । माधव नेपाल पक्षले त्यहाँ ९ जना सांसदहरु आफ्नो पक्षमा रहेको बताउँदै आएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij