वेबटिभी खबर
काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष राईले बिहीबार राजीनामा पत्र बुझाएका हुन् । राईले राजीनामा दिएसँगै आजै संसदीय दलको नेता चयन भएका भीम आचार्य मुख्यमन्त्री बन्दैछन् । आचार्य आजै शेरधन राईको प्रस्तावमा सर्वसम्मत दलका नेता चयन भएका हुन् ।
आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका बहुसंख्यक माधव नेपालपक्षीय सदस्यहरु एमालेमै रहने भएपछि राईले आचार्यलाई दलको नेतामा प्रस्ताव गरेर मुख्यमन्त्री बन्न सहयोग गरेका हुन् । २६ माघ ०७४ मा एमालेका ५१ सांसदमध्ये राई २६ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका थिए । उनका प्रतिष्पर्धी आचार्यले २४ मत ल्याएर हारेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij