Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

टुकादेवी पौडेल आचार्यको लघुकथा संग्रह ‘बार्दली’ सार्वजनिक

टुकादेवी पौडेल आचार्यको लघुकथा संग्रह ‘बार्दली’ सार्वजनिक

  • 631
    SHARES
  • टुकादेवी पौडेल आचार्यको लघुकथा संग्रह ‘बार्दली’ सार्वजनिक

    काठमाडौं । टुकादेवी पौडेल आचार्यको लघुकथा संग्रह ‘बार्दली’ सार्वजनिक गरिएको छ । आचार्यको प्रकाशित पहिलो कृति ‘बार्दली’ बिहीबार सार्वजनिक गरिएको हो ।

    images

    शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ, गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक तथा लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले संयुक्त लघुकथा सार्वजनिक गरेका हुन् ।

    मेयर गुरुङले बार्दली लघुकथा विधामा एक महत्वपूर्ण दस्तावेज बन्ने विश्वास व्यक्त गरे । रोदनले लघुकथा लेखनमा महिला सहभागिता बढ्नुलाई सकरात्मक पक्ष मानेको बताए ।

    ‘बार्दली’ मा ५७ लघुकथालाई समावेश गरिएको छ । पञ्चमुनीदेव माध्यमिक विद्यालयमा नेपाली बिषयकी शिक्षक आचार्यको यसअगाडि विभिन्न सञ्चार माध्यममा फुटकर कविता, गजल, मुक्तक र लघुकथा प्रकाशित हुँदै आएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology