काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि १४ औं महाधिवेशनमा सभापति लड्ने तयारी तयारीमा छन्। उनले सभापति लड्ने आफ्नो तयारीलाई तिव्र बनाउँदै लगेका छन्।
सभापति शेरबहादुर देउवाका सारथी मानिएका निधि अझै पनि पुरानै घर फर्कने विश्लेषण राजनीतिक वृत्तमा हुने गरेको छ। तर, निधि भने जुनसुकै मूल्यमा सभापतिमा लड्ने मनशायमा देखिन्छन्।
जसको पुष्टि हुने गरेको तयारीबाट थाहा हुन्छ। एक बर्ष अघि नै निधिले सभापति देउवलाई १४ औं महाधिवेशनमा आफु सभापति लड्ने बताएका थिए। तर, त्यो समयमा महाधिवेशनको सरगर्मी चढिसकेको थिए। तर, जब असार ५ गते देउवाले महाधिवेशनको तयारीस्वरुप छलफलका लागि प्रदेश २ का आफू निकट नेताहरुलाई बुढानिलकण्ठ बोलाए। तब निधिलेको सभापति लड्ने उद्घोषले नयाँ तरंग ल्याइदियो। देउवाले आफू निकट नेताहरुसँग १४ औं महाधिवेशनमा आफू पुनः सभापतिमा लड्ने बताउँदै सहयोगको याचना गरेका थिए।
तर, निधिले आफू सभापतिमा लड्ने जानकारी यसअघि नै गराइसकेकाले पछि नफर्कने बताए। निधिले देउवासँग सहयोग समेत मागे। त्यही समय देखि देउवा र निधिबीचको सम्बन्ध चिसिएको छ। र, निधिले सभापतिको तयारी पनि तिव्र बनाउँदै लगेका छन्। उनले महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री शशांक कोइरालासँग पटक–पटक भेटवार्ता गरेका छन्। जुन, भेटघाट महाधिवेशन केन्द्रीत नै छ। ‘उहाँहरुसँगको भेटघाट र छलफल सकारात्मक छ। हामीबीच सहकार्य हुन सक्छ। महाधिवेशनका सन्दर्भमा पनि को सभापति लड्ने भन्ने बारेमा सहमति जुट्न सक्छ,’ निधिले भन्दै आएका छन्।
त्यती मात्रै होइन, निधिले युवा नेताहरुसँग समेत यसअघि नै छलफल गरिसकेका छन्। युवा नेताहरुसँग उनको आग्रह छ– कांग्रेसमा पुस्ताको जाम छ। यसपटक मलाई सहयोग गर्नुहोस्, १५ औं महाधिवेशनमा तपाईहरुका लागि बाटो खुला गर्नेछु।
यसबाहेक निधिले ७७ जिल्लाका सभापतिहरुसँग समेत छलफल गरिसकेका छन्। निर्वाचन क्षेत्र, स्थानीय तह देखि वडा तहका नेता–कार्यकर्तासँग समेत छलफल गरिरहेको निधिको भनाइ छ।
यही सन्दर्भमा निधिले आफ्नो सम्पर्क कार्यलय उद्घाटन गर्दैछन्। शुक्रबार थापागाउँस्थित बानेश्वर बैंकटमा निधिको कार्यालय उद्घाटन हुनेछ। सम्पर्क कार्यालय स्थापना भएपछि तयारीलाई थप तिव्र बनाइने निधिको सचिवालयको भनाइ छ।
कांग्रेसले मंसीर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याइसकेको छ। असार ३० गते ल्याइएको कार्यतालिका अनुसार असार १८ गते वडा अधिवेशन हुनेछन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij