वेबटिभी खबर
एजेन्सी । अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम विस्फोटमा कुनैपनि तालिवानीलाई नोक्सान नभएको तालिवानले जनाएको छ । तालिवानका प्रवक्ता जबीहुल्लाद मुजाहिदले सञ्चारमाध्यमलाई उदृत गर्दै काबुल एयरपोर्ट बाहिर भएको विस्फोटमा उनीहरुलाई कुनै नोक्सान नभएको बताएको हो ।
‘हामी (तालिवान)लाई कुनै कुनै क्षति पुगेको छैन’ उनले भने, ‘यो घटना त्यो ठाउँमा भएको छ जहाँ अमेरिकी सेनाले कब्जा गरेका थिए ।’ यसभन्दा पहिले समाचार रोयटर्स रिपोर्टले उक्त बम विस्फोटमा कम्तिमा २८ तालिवानीको निधन भएको जनाएको थियो ।
अफगानिस्तानको राजधानी काबुल विमानस्थलमा बिहीबार साँझ दुई शक्तिशाली बम विष्फोट भएको थियो । उक्त घटनामा परि ९० जनाको निधन भएको छ भने १ सय ५० जना घाईते भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij