Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सबै तहका शिक्षककाे तलब बढ्याे, हेर्नूहाेस् कति-कति छ

सबै तहका शिक्षककाे तलब बढ्याे, हेर्नूहाेस् कति-कति छ

  • 3.3K
    SHARES
  • सबै तहका शिक्षककाे तलब बढ्याे, हेर्नूहाेस् कति-कति छ

    काठमाडौं । १ साउनदेखि शिक्षकको नयाँ तलबमान लागू भएकाे छ । सरकारले नयाँ आर्थिक वर्ष २०७८/०७९ देखि निम्न माध्यमिकतर्फ प्रथम श्रेणीका आठौं ग्रेडका शिक्षकको सुरुको तलबमान ३९ हजार ८ सय ८० रूपैयाँ पुर्याएकाे छ । प्रतिग्रेड १३ सय ३० रुपैयाँ थपसहित प्रतिमहिना ५० हजार ५ सय २० रूपैयाँ पुगेको छ ।

    images

    निमावि दोस्रो श्रेणीका ८ औं ग्रेड शिक्षकको सुरुको तलब ३७ हजार ९ सय ९० रूपैयाँ रहेको छ । प्रतिग्रेड १२ सय ६७ रुपैयाँ थप हुँदा मासिक तलब ४८ हजार १ सय २६ रूपैयाँ पुगेको छ । यस्तै तृतीय श्रेणीको शिक्षकको सुरुको तलब ३० हजार २ सय रूपैयाँ रहेकोमा प्रति ग्रेड १ हजार ७ रूपैयाँ जोड्दा ३८ हजार २ सय ५६ रुपैयाँ पुगेको छ ।

    यस्तो छ प्राथमिक तहका शिक्षकको नयाँ तलबमान

    प्राथमिक तहका शिक्षकतर्फ एसएलसी उतीर्ण प्रथम श्रेणीका आठौं तहका शिक्षकको सुरुको तलबमान ३७ हजार ९ सय ९० रूपैयाँ पुगेको छ भने प्रतिग्रेड १२ सय ६७ रूपैयाँ थप गर्दा ४८ हजार १ सय २६ रूपैयाँ पुगेको छ ।

    एसएलसी उत्तीर्ण गरेका द्वितीय श्रेणीका प्रावि शिक्षकको सुरु तलब ३० हजार २ सय पुगेको छ भने प्रतिग्रेड १ हजार ७ रूपैयाँ गरी कुल मासिक ३८ हजार २ सय ५६ रुपैयाँ पुगेको छ ।

    यस्तै एसएलसी उत्तीर्ण तृतीय श्रेणीको छैटौँ तहका शिक्षकको सुरु तलब २८ हजार ६ सय १० मा प्रतिग्रेड ९५४ रूपैयाँ थपिँदा मासिक तलब ३४ हजार ३ सय ३४ रूपैयाँ पुगेको छ ।
    यस्तै दुई विषयसम्म एसएलसी अनुत्तीर्ण छैठौं तहका शिक्षकको सुरुको तलब २४ हजार १० रूपैयाँमा प्रति ग्रेड ८ सय १ रुपैयाँ थपिँदा २८ हजार ८ सय १६ रुपैयाँ पुगेको छ ।

    माध्यमिक तहका शिक्षकहरूको तलब कति ? 

    माध्यमिक तहका शिक्षकहरुलाई ३ तह छुट्याएर नयाँ तलब निर्धारण गरिएको छ ।

    माध्यमिक शिक्षक प्रथम श्रेणीको सुरु तलब स्केल ४९ हजार ३ सय ८० रूपैयाँ छ । छैठौं ग्रेडको प्रतिग्रेड दर १६ सय ४६ रूपैयाँ थप हुँदा ५९ हजार २ सय ५६ रूपैयाँ मासिक तलब पुगेको छ ।

    माध्यमिक शिक्षक द्वीतीय श्रेणीको सुरु तलब स्केल ४२ हजार ३ सय ८० कायम रहेकोमा प्रतिग्रेड संख्या १४ सय १३ रूपैयाँले आठौं ग्रेडका शिक्षकको तलब ५३ हजार ६ सय ८४ रूपैयाँ पुगेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology