वेबटिभी खबर
काडमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा ७१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ४५४, भक्तपुरमा ९२ र ललितपुरमा १६९ जनामा संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा देशभर २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारण २५ जनाको निधन भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ रहेको छ ।
हालसम्म नेपालमा ८ लाख ३८ हजार ९४८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यसैगरी ७ लाख ८ हजार २३० जना संक्रमणमुक्त भएका छन् संक्रमणको कारणले १० हजार ६६३ जनाको निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij