Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

पत्र कतिपय

पत्र कतिपय

  • 745
    SHARES
  • पत्र कतिपय

    म बादर्लीमा बसिरहेको छु । विगतको कुरा मेरो मनमा आउन थाल्यो । म किशोरावस्थामा थिएँ । जून देख्दा जून राम्रो । घाम देख्दा घाम राम्रो । फुल देख्दा फुलै राम्रो लाग्थ्यो , जे देखे  पनि त्यही राम्रो लाग्ने गर्थ्यो । उमेर पनि त्यस्तै थियो । मन पनि चञ्चल थियो ।

    images

    काबुमा न मन थिए न शरीर । बतास जस्तै बहकिन्थ्यो । आफ्नै संसारजस्तै लाग्थ्यो । आज बितेको कुरा सम्झिँदा लाज पनि लाग्छ । अनौठो अनुभुति हुन्छ । अहो ! कस्तो उमेर कस्तो समय । म भर्खर ९ कक्षा पास भएर १० मा पुगेको थिएँ । उमेर ठिक्क १५ वर्षमा टेकेको थिएँ । म त्यसबेलादेखि नै कविता लेख्थें । कापीमा लेख्यो कापीमै सीमित हुन्थ्यो । आफूले लेखेको कविता पढेर म आफैं मख्ख हुन्थें ।कविता यस्ता हुन्थे स्

    सुन्दरताको बयान गरेर के गर्नु
    सुन्दरमा तिम्रो जादु छ
    कोहिलीजस्तो कुहु–कुहु
    गर्ने बोली तिम्रो
    एक तर्के हेराइ
    दुई कर्के नजर
    पहिलोपटक देखें तिमीलाई
    लागिहाल्यो नजर

    म यस्ता कविता लेखेर म आफैं पुकलित हुन्थेँ । १० कक्षामा रमिला मसँगै पढ्थी । मैले उसलाई अति मन पराउन थालेको थिएँ । मैले उसलाई ९ कक्षादेखि नै मन पराएको थिएँ । मलाई भन्न आँट आएन । म रमिलालाई प्रेम प्रस्ताव राख्छु । मनमनै सोचेँ । हामी सँगै पढ्दा  ऊसँग कहिल्यै बोलिनँ । एकप्रकारको डर पनि लागेको थियो । के उनले मेरो प्रेमप्रस्ताव स्वीकार गर्ने हुन् त ? शंका उत्पन्न भयो ।

    सधैंजस्तै गरी म स्कुल गएँ । रमिला पनि स्कुल आएकी थिई । म सँगै पढ्ने साथी दिनेशलाई भने, ‘तलाई थाहा नै छ म रमिलालाई मन पराउँछु एउटा प्रेमपत्र लेखेको छु दिन्छस् ?’

    ‘ल हुन्छ दे न त,’ उसले भन्यो ।

    केही समयपछि उसले आँखाकै सामुन्ने त्यो प्रेमपत्र रमिलालाई दियो । रमिलाले विस्तारै यताउता हेर्दै गोजीभित्र हाली ।

    स्कूल छुट्टी भएपछि म घरतिर फर्कें । भोलिपल्ट स्कुल जाने बेलामा म स्कुल गएँ ।

    ‘के भनी रमिलाले ?’ मैले सोधें ।

    ‘कुरो ठिकै छ,’ उसले भन्यो ।

    समय बित्दै गयो । मैले एससलसी पास गरेँ सोही स्कुलबाट । त्यहाँदेखि कहिल्यै भेट भएन रमिलासँग। सामाजिक सञ्जाल चलाइँदैन थियो । मैले कलेज पुगेपछि मात्र चलाउन थालेको हुँ । अनि मात्र फेसबुकमा साथी बनाएँ । त्यहाँ त्यति खासै बोलचाल भएन । कहिलेकाहीं ‘हाई–हेल्लो’ चाहिँ हुन्थ्यो ।

    केही वर्षपछि उसले विवाह गरेर गई । अहिले म किशोरावस्थाबाट वयस्क भएसकें । मैले अहिले थाहा पाएँ त्यो आकर्षण मात्र रहेछ । उमेरमा आउने भ्रम मात्र रहेछ। आज घरको बार्दलीमा बसेर उसलाई त्यो पत्र लेखेको सम्झिँदा हाँसो साथै रोमाञ्चित भएँ । आहो ! त्यो पत्र, त्यो प्रेम या आकर्षण ! 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology