Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

तरुण दलका उपाध्यक्षमाथि खुडा प्रहार

तरुण दलका उपाध्यक्षमाथि खुडा प्रहार

  • 915
    SHARES
  • तरुण दलका उपाध्यक्षमाथि खुडा प्रहार

    सुर्खेत । सुर्खेतमा तरुण दलका एक वडा उपाध्यक्षमाथि खुडा प्रहार भएको छ । वीरेन्द्रनगर नगरपालिका-१ का तरुण दलका उपाध्यक्षसमेत रहेका २५ बर्षीया सन्तोष गिरीमाथि वीरेन्द्रनगको धमला चोकमा खुडा प्रहार भएको प्रहरीले बताएको छ ।

    शुक्रबार बेलुकी ६ बजेतिर धमला चोकको एक कटेजमा घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले गिरीको दायाँ हातको बुढी औला र बायाँ हातमा चोट लागेको जानकारी दिए । यद्यपि घटनाबारे थप कुरा अनुसन्धानपछि जानकारी गराउने उनले बताए ।

    मोटरसाइकलमा आएको एक समूहले सन्तोषमाथि खुडा प्रहार गरेको तरुण दलका जिल्ला अध्यक्ष हरि विष्टले जानकारी दिए । उनले भने, ‘घटनाको सुरुवात बिहीवार साँझ एक होटेलबाट नै भएको बुझिएको छ। खुडा हान्ने को हुन भन्नेबारे स्पष्ट जानकारी आइसकेको छैन ।’

    गिरीको वीरेन्द्रनगरस्थित माया नर्सिङ् होममा उपचार भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij