काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशन हुनेमा शंका गर्न नहुने बताएका छन्। उनले भदौ १८ देखि वडा अधिवेशन प्रारम्भ हुने बताउँदै काहिँ, कतै भ्रम पाल्न आवश्यक नरहेको बताएका हुन्।
उनले पार्टीका नेता, कार्यकर्तालाई सम्बोधन गर्दै उनले सामाजिक संजाल मार्फत महाधिवेशनको प्रक्रियामा सहभागि हुन आव्हान गरेका छन्। ‘अब कहि कतै भ्रम नरहोस। अन्योल र अलमलमा नपरौँ ।
भाद्र१८गते देखि वार्ड अधिबेशन प्रारम्भ हुन्छ,’ उनले भनेका छन्, ‘यो सँगै नेपाली कांग्रेसको १४ औं महाधिबेशनको प्रकृया प्रारम्भ हुन्छ। पार्टीका सबै तहका नेता,पार्टी सदस्यहरु, शुभचिन्तकहरु हामी सबै पार्टीको महाधिबेशन।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij