Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

गुल्मीका अधिकांश जनप्रतिनिधि एमालेमै

गुल्मीका अधिकांश जनप्रतिनिधि एमालेमै

  • 1.9K
    SHARES
  • गुल्मीका अधिकांश जनप्रतिनिधि एमालेमै

    काठमाडौं । गुल्मी जिल्लामा साविक नेकपा एमालेमा रहेका नेता, कार्यकर्ताहरू संस्थापनमै रहेका छन् ।  जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका दुई प्रभावशाली नेताहरू प्रदीप ज्ञवाली र गोकर्ण विष्ट एमाले मूलधारमै रहेपछि नेकपा (एकीकृत समाजवादी)मा जानेको संख्या कम देखिएको छ ।  

    माधव नेपाल पक्षमा रहँदै आएका नेता गोकर्ण विष्ट एमाले संस्थापनमै रहेपछि जिल्लाको निर्वाचन क्षेत्र नम्बर दुईका अधिकांश नेता, कार्यकर्तासँगै जनप्रतिनिधिहरू पनि एमालेमै रहेका हुन् । नेकपा एमालेले गुल्मीका ८ स्थानीय तह जितेको छ । यसअघि केही जनप्रतिनिधि दुवैतिर नखुली बसेका थिए । गुल्मीका दुई शीर्ष नेता प्रदीप ज्ञवाली र गोकर्ण विष्ट एकै ठाउँमा भएपछि खुल्न नसकेका जनप्रतिनिधिलाई पनि अब सजिलो भएको हो । 

    गुल्मीमा नेपाल समूहको समानान्तर कमिटी अध्यक्षमा रहेका मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले आफूहरु पार्टीभित्र अन्तरसंघर्षमा रहे पनि विभाजनको पक्षमा नलागेको बताएका छन् । ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादीसँग तालमेल गरेर निर्वाचनमा जाँदा ज्ञवालीले ८ हजार मतान्तरले कांग्रेसका नेता चन्द्र भण्डारीलाई पराजित गरेका थिए भने विष्टले १५ हजारको मतान्तरमा विपक्षी कांग्रेसका चन्द्र केसीलाई हराएका थिए ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij