Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

तेह्रथुम पावरको आइपीओमा आवेदन दिनुभयो ? 

तेह्रथुम पावरको आइपीओमा आवेदन दिनुभयो ? 

  • 661
    SHARES
  • तेह्रथुम पावरको आइपीओमा आवेदन दिनुभयो ? 

    काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आइपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ९ गते बुधबारबाट सर्वसाधारणहरुका लागि जारी पूँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर बिक्री खुल्ला गरेको हो ।

    images

    जसमध्ये ५% अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २% अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको छ ।

    लगानीकर्ताले आइपीओ न्यूनतम १० कित्तादेखि अधिकतममा ६० हजार कित्ताका लागि आवेदन सक्नेछन् । कम्पनीले निष्कासन गर्न लागेको आइपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औसतभन्दा तल रहेको देखाउँछ ।

    कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेको छ ।लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

    ipo.jpg

  • सम्बन्धित विषय:

  • # आइपीओ

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology