Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

सरकारले चासो नदिँदा सुनचाँदी व्यवसायी संकटमा 

सरकारले चासो नदिँदा सुनचाँदी व्यवसायी संकटमा 

  • 853
    SHARES
  • सरकारले चासो नदिँदा सुनचाँदी व्यवसायी संकटमा 

    काठमाडौं । सुनचाँदी व्यवसायलाई कच्चा पदार्थको अभाव हुँदा व्यवसाय नै ठप्प हुने अवस्थामा पुगेको छ । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले आइतबार वेबटिभी खबरसँग कुरा गर्दै ठप्प हुने अवस्थामा पुगेका बताएका हुन् ।

    images

    मुठ्ठीभरका मान्छेले मात्र कोटा लिइरहँदा साना व्यवसायी संकटमा परेका छन् । अवस्था यस्तै रहे व्यवसाय बन्द गरेर व्यवसायीहरू विदेश पलायन हुनुपर्ने अवस्था आएको छ ।

    सुनचाँदी व्यवसायलाई विलासीताको वस्तुसँग जोडिनु अत्यन्तै दुःखद् रहेको लकान्द्रीले बताए । ‘मौलिक गहनाले विश्वबजारमा उल्लेखनीय बजार लिनसक्ने थियो तर सरकारले यस क्षेत्रको वास्तविक माग सम्बोधन गर्न सकेको छैन,’ उनले भने ।

    सुनचाँदी व्यावसायीका मागप्रति सरकार गम्भीर नबन्दा विदेशी मुद्रा आर्जन गर्नबाट सरकार वञ्चित भएको उनकाे भनाइ छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology