Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

डाक्टरलाई कालाेमोसो दल्ने एमाले कार्यकर्ता पक्राउ गर्न माग गर्दै प्रदर्शन

डाक्टरलाई कालाेमोसो दल्ने एमाले कार्यकर्ता पक्राउ गर्न माग गर्दै प्रदर्शन

  • 671
    SHARES
  • डाक्टरलाई कालाेमोसो दल्ने एमाले कार्यकर्ता पक्राउ गर्न माग गर्दै प्रदर्शन

    दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा तनाबग्रस्त भएको छ । राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहलाई अनेरास्ववियु दाङ संयोजक लगायतले कालोमोसो दलेर अभद्र व्यवहार गरेपछि अस्पतालमा तनाबग्रस्त भएको हो ।

    त्यसको विरोधमा स्वास्थ्यकर्मीहरुले आकस्मिकबाहेकका अन्य सेवा ठप्प पारेर सडकमा विरोध र्‍याली गरेका छन् । घटनापछि अस्पतालका चिकित्सक तथा कर्मचारीहरु दोषीलाई कारबाहीको मागसहित आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकको आन्दोलनका कारण सेवा अवरुद्ध छ ।

    अभद्र व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै डाक्टर, नर्स र स्वास्थ्यकर्मी सडकमा उत्रिएका हुन् । तुलसीपुर क्षेत्रमा कार्यरत झन्डै तीन सयभन्दा बढी डाक्टर, नर्स र स्वास्थ्यकर्मी काम छोडेर न्यायको माग गर्दै सडकमा उत्रिएका हुन् ।अस्पतालमा कार्यरत डाक्टर नर्सहरुले ‘वी वान्ट जस्टिस्, डाक्टर, नर्स र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेहरू-मुर्दावाद’ लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

    तुलसीपुरको बजार परिक्रमापछि राप्ती प्रादेशिक अस्पतालको प्राङ्गणमा पुगेर कोणसभा गरेका थिए । मेसु सिंहमाथि गरिएको अभद्र व्यवहारले सबै स्वास्थ्यकर्मीको अपमान भएको बताएका थिए । अस्पतालभित्र सुरक्षा चुनौती थपिएको बताउँदै दोषीलाई कानुनी कारबाहीकोसमेत माग गरेका थिए ।

    दोषीलाई कारबाही नहुँदासम्म अस्पतालमा काम गर्ने वातावरण नहुने अस्पताल सञ्चालन समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले बताए । एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीको समूहले ११ भदौ दिउँसो साढे १ बजेतिर मेसु सिंहलाई कार्यकक्षमै प्रवेश गरी कालोमोसो दलेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij