Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

१४ जना सांसद्लाई कारबाही नगर्ने सभामुखको निर्णय 

१४ जना सांसद्लाई कारबाही नगर्ने सभामुखको निर्णय 

  • 565
    SHARES
  • १४ जना सांसद्लाई कारबाही नगर्ने सभामुखको निर्णय 

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेले १४ सांसदलाई कारबाहीका लागि गरेको सिफारिस कार्यान्वयन नगर्ने भएका छन् । निर्वाचन आयोगले नयाँ दल दर्ता भएको सूचना पठाएकाले सांसदलाई कारबाही नगर्ने निर्णय सभामुख सापकोटाले गरेका हुन् । 

    प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी दर्ता भएको पत्र भदौ ११ गते संसद सचिवालयलाई प्राप्त भएको बताए । उनले भने,‘एमालेले कारबाही गर्न भनेर पत्र पठाएको थियो। अब कानून अनुसार अर्को दल दर्ता भइसकेको अवस्थामा अगाडि बढ्ने अवस्था नरहेको भनेर सभामुखले निर्णय गर्नु भएको छ।’

    नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेको अनुपस्थित भएका १४ सांसदलाई ह्विप उल्लघंन गरेको भन्दै कारबाही सिफारिस गरेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij