Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

महाशिवरात्रीमा पशुपतिनाथ आएका साधुसन्तको बिदाइ गरिदै

महाशिवरात्रीमा पशुपतिनाथ आएका साधुसन्तको बिदाइ गरिदै

  • फाल्गुण २९, २०७७ शनिवार ०८:३८ बजे
  • 624
    SHARES
  • महाशिवरात्रीमा पशुपतिनाथ आएका साधुसन्तको बिदाइ गरिदै

    काठमाडौं । महाशिवरात्रीमा पशुपतिनाथ दर्शनमा आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिने भएको छ ।

    आज बिहान ९ बजेपछि साधुसन्त बिदाइको कार्यक्रम राखिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।

    यस वर्ष कोषले रु १०० देखि रु १५ हजारसम्म दक्षिणा दिएर साधुसन्त बिदाइ गर्ने तयारी गरेको छ । साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाइ गरिने कोषले जनाएको छ ।

    यसैगरी गुठी संस्थानले पनि साधुसन्तलाई दक्षिणा एवं फाल्गुन शुक्ल एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प गरेका सामग्री दिएर बिदाइ गरिन्छ ।

    फागुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थान र कोषले साधुसन्तलाई बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गर्ने विधि छ ।

  • सम्बन्धित विषय:

  • # साधुसन्त

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij